कपिलवस्तुको शिवराजमा राप्रपाका थापा बने मेयर



कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकामा राप्रपाका अजय थापा र नेकपा एमालेकी शिवकुमारी चौधरी विजयी भएका छन् । मेयरमा निर्वाचित राप्रपाका थापाले ७ हजार ६०२ मत पाए भने उनका निकटतम प्रत्यासी नेकपा एमालेका महादेव पोखरेलले ७ हजार १२८ मत ल्याएका छन् ।

त्यस्तै, उपमेयरमा नेकपा एमालेकी शिवकुमारी चौधरी निर्वाचित भइन् । उनी निवर्तमान उपमेयर समेत हुन् । उनले ७ हजार ९५५ मत प्राप्त गर्दा निकटतम प्रत्यासी नेपाली कांग्रेसकी शारदा कार्कीले ६ हजार १८५ मत पाइन् ।

जिल्लाका १० मध्ये ५ स्थानीय तहको मात्र परिणाम सार्वजनिक भएको छ । ५ स्थानीय तहको मतगणना भइरहेको छ ।

शिवराजसँगै राप्रपाले ३ पालिका प्रमुखमा जित हात पारेको छ । यसअघि झापाको हल्दीबारी गाउँपालिका र काठमाडौंको शंखरापुर नगरपालिका राप्रपाले जितिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्