एमाले उपाध्यक्ष विष्णु पौडेलको वडामा कांग्रेस विजयी



बुटवल । बुटवल उपमहानगरपालिकास्थित नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको वडामा नेपाली कांग्रेस विजयी भएको छ। त्यस क्षेत्रका संघीय सांसदसमेत रहेका पौडेलको वडा बुटवल उपमहानगरपालिका-८ मा कांग्रेसले वडाध्यक्ष जितेको हो।

बुटवल ८ को वडाध्यक्षमा कांग्रेसका यज्ञ पंगेनीले एमालेका उम्मेदवार ज्ञानप्रसाद अर्याललाई ३१ मतले पराजित गरेका हुन्। पंगेनीको १ हजार ५३९ मत आउँदा अर्यालले ५०८ मत प्राप्त गरे। एमालेले अघिल्लो पटक जितेका वडा कांग्रेसले एकपछि अर्को गर्दै खोसेको छ।

२०७४ मा ३ वडा मात्र जितेको कांग्रेसले यो चुनावमा अहिलेसम्म १० वटा वडा जितिसकेको छ। एकीकृत समाजवादी, माओवादी केन्द्र र स्वतन्त्र उम्मेदवारले एक एक वटा वडा जितेका छन्। ४ वटा वडा एमालेले जितेको छ। दुईवटा वडामा गणना चलिरहेको छ।

प्रतिक्रिया दिनुहोस्