छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ



काठमाडौं । गुल्मीमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जना शिक्षकलाई पक्राउ गरेको छ ।

जिल्लाको सत्यवती गाउँपालिका हसरास्थित सत्यवती माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक ९डीएसपी० माधवराज खरेलले बताए ।

शिक्षक निलकण्ठ बस्यालले २०७८ भदौ महिनादेखि र शिक्षक प्रकाश भट्टराईले २०७८ मार्ग महिनादेखि एक छात्रामाथि यौनजन्य क्रियाकलापका लागि फकाउने, बालयौन दुर्व्यवहारका कार्यहरु गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको डीएसपी खरेलले बताए ।

प्रहरीले शिक्षक भट्टराई र बस्याललाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्