खाने तेलको मूल्य अस्वभाविक वृद्धि 



काठमाडौं । खाने तेलको अस्वभाविक मूल्य बृद्धि भएको छ। हप्तादिनमै खाने तेलको प्रतिलिटर १५ प्रतिशतले वृद्धि भएको हो। तेल उत्पादनहले रुस–युक्रेन द्वन्द्वको कारण देखाउँदै हप्ता दिनमै खाने तेलमा १५ प्रतिशतले वृद्धि गरेका छन्।

नेपाल खुद्रा व्यापार संघ महासचिव अमुल तुलाधरले हप्ता दिन अघि सन्फलावरको तेल प्रतिलिटर पोका ३२० रुपैयाँको अहिले ३७० पुगेको छ। महासचिव तुलाधरले हप्ता दिन अघि ३२० रुपैयाँ मूल्य भएको तेलको पोका उद्योगीहरुले प्रति पोका तेलमा ५० रुपैयाँ बढाएर प्रतिलिटर ३७० रुपैयाँ तोकेर पठाएको बताए । उद्योगीले हप्ता दिनमै तेलको मूल्य वृद्धि गर्दा खुद्रा व्यापारीलाई तेलको व्यापार गर्न समेत गाह्रो भएको उनको भनाइ छ।

उद्योगीले रुस–युक्रेन द्वन्द्व र अमेरिकी डलरको मूल्य बृद्धि देखाएर तेलमा अस्वभाविक मूल्य वृद्धि गरी बजारमा पठाएको उनले बताए। सरकारीले बजार अनुगमन गर्दा साना खुद्रा व्यापारीलाई मात्र केन्द्रित गर्ने ठुलो उद्योगी र व्यापारीलाई बजार अनुगमन नगर्ने हुँदा पछिल्लो समय बजारम खाद्य वस्तुको मूल्य अवस्भाविक वृद्धि भएर आएको उनको भनाइ छ। तुलाधरले एकहप्तामा उद्योगीहरूले उत्पादन गरी बजारमा पठाउने प्रतिपोका तेलमा ३० देखि ५० रुपैयाँसम्म मूल्य बढाएको बताए।

सरकारी निकाय कमजोर हुँदा अनुगमन गर्ने नियमक निकायका कर्मचारी निर्वाचन खेटीएको मौका पारी तेल उत्पादन उद्योगी र व्यापारीले रुस–युक्रेन द्वन्द्वको बाहाना बनाएर खाने तेलमा अस्वभाविक मूल्य वृद्धि गरेको उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमसिल्नाले बताए। निर्वाचन अघि नै सरकारलाई बजार अनुगमनमा कडाइ गर्न पटक पटक दवाव दिइदा पनि सरकारले बजार अनुगमनलाई वेवस्ता गर्दा उद्योगी व्यापारीको मनपरी भएको अध्यक्ष तिमसिल्नाको भनाइ छ। बजार बढेको अस्भाविक तेलको मूल्य नियन्त्रण गर्न राज्यको निकायले बजार अनुगमनलाई ध्यान दिनुपर्ने उनले बताए।नेपाल चामल, तेल, दाल उत्पादन संघ अध्यक्ष सुबोध कुमार गुप्ताले रुस–युक्रेनबीचको द्वन्द्व तेलको कच्चा पदार्थ आयात ठप्प हुँदा पछिल्लो समय खाने तेलको मूल्य अस्वाभिक वृद्धि भएको बताए।

उनले नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय बजारमा समेत खाने तेलको मूल्य वृद्धि भएको बताए। उनले धेरै मात्रमा सनफ्लावर कच्चा तेल युक्रेनबाट आउने हुँदा रुस–युक्रेनबीचको द्वन्द्वले आयातमा ठप्प हुँदा बजारमा कच्चा पदार्थको अभाव भएको बताए। उनले पछिल्लो समय नेपालहरुको भटमास र सनफ्लावर तेल बढी खाने बानीका कारण पनि आयाततीे कच्चा तेलको मूल्य वृद्धि हुँदै गएको अध्यक्ष गुप्ताको भनाइ छ।

स्वदेशी उत्पादनलाई प्राथमिकता नभएर आयातीत वस्तुमा नेपालीहरुको खाने बानीका कारण अन्तर्राष्ट्रिय बजारमा केही समस्या हुँदा साथ नेपालीहरुले त्यसको मार खुप्नु परेको उनले बताए। सरकारले स्वदेशी बजारको माग अनुसार किसानलाई उत्पादन बढाउन बिउ विजन दिएर प्रोत्साहित गर्ने हो भने एकवर्षमै चामल, दाल र तेलमा आत्मनिर्भर हुन सक्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्