कनकासुन्दरीमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते



जुम्ला । जुम्लामा एम्बुलेन्स दुर्घटना भएको छ। जिल्लाको कनकासुन्दरी गाउँपालिकाबाट बिरामी ल्याउदै गरेको एम्बुलेन्स दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार कनकासुन्दरी गाउँपालिका ६ स्थित दाँते ओखरमा क १ झ १५ नम्बरको कनकासुन्दरी गाउँपालिकाको एम्बुलेन्स आईतबार बिहान दुर्घटना भएको हो।

प्रहरी निरीक्षक तथा सूचना अधिकारी भुवन भट्टका अनुसार दुर्घटनामा ३ जना सामान्य घाईते भएका छन्। कनकासुन्दरी ६ निवासी दलविरे ऐडी बिरामी भई सदरमुकाम ल्याइदै गर्दा दुर्घटना भएको हो। प्रहरी निरीक्षक भट्टका अनुसार एम्बुलेन्स सड्कबाट १५–२० मिटर तल एम्बुलेन्स खसेको थियो।

प्रतिक्रिया दिनुहोस्