मतान्तर फराकिलो बनाउँदै बालेन, सिर्जनाभन्दा पछि परे केशव



काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले ४० हजार मत कटाउँदै अग्रस्थान कायमै राखेका छन् ।

हालसम्मको मत परिणाम अनुसार शाहले कुल ४० हजार ६ सय ६१ मत ल्याएका छन् भने नेपाली कांग्रेसकी सिर्जना सिंहले २३ हजार ३ सय २७ मत ल्याएर दोस्रो स्थानमा छिन् ।

त्यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २२ हजार ५ सय ४५ मत ल्याउँदै तेस्रो स्थानमा छन् । हालसम्म एक लाखभन्दा बढी मतगणना भइसकेको छ भने मतगणनाको क्रम निरन्तर जारी छ ।

प्रतिक्रिया दिनुहोस्