नेपाल र अफगानिस्तानबीचको खेल रद्द



काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टिम र अफगानिस्तानबीच हुने तय भएको मैत्रीपूर्ण खेल रद्द भएको छ। एन्फा महासचिव इन्द्रमान तुलाधरले न्युज कारखानासँग बोल्दै दुई अभ्यास खेल रद्द भएको पुष्टि गरे। ‘तय दुवै खेल रद्द भएको छ,’ उनले भने।

यस अघि एन्फाले एएफसी कप–२०२३ अघि अफगानिस्तानसँग जेठ ११ र १५ गते खेल्ने तय भएको थियो। कतारको दोहामा हुने तय भएको खेल अफगानिस्तान टिम आउन नमान्दा रद्द भएको महासचिव तुलाधरले बताए। ‘अफगानिस्तान टिम कतार नआउँदा रद्द भएको हो,’ उनले भने।

यद्यपि नेपाली टिम भने यसै हप्ता कतार भ्रमणमा निस्कने छ। कतारमा रहँदा नेपालले स्थानीय टोलीसँग खेल्नेछ। एएफसी कप छनोटमा जेठ अन्तिम साता नेपालले जोर्डन, इन्डोनेसिया र कुवेतसँग खेल्नेछ।

प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले २३ सदस्यीय टोली घोषणा गरेका हुन्। जसमा कप्तान किरण कुमार लिम्बू सहित नियमित टोलीका १० खेलाडी बाहिर छन्।

प्रतिक्रिया दिनुहोस्