जुवा खालबाट करिब ८१ हजार सहित १० जना पक्राउ



नवलपुर: पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका –५, बाट जुवा खेल्दै गरेका दश जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गैंडाकोट –५, बैकुण्ठ टोलमा रहेको चुडामणी पौडेलको घरमा जुवा खेलीरहेका उनिहरुलाई  पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले बताए  ।

पत्रकाउ पर्नेमा  गैंडाकोट घर भएका ३५ वर्षीय लक्ष्मिकान्त पौडेल, ५० वर्षीय चुडामणी पौडेल, ३८ वर्षका लोकनाथ शर्मा, २६ वर्षका शालिकराम पौडेल , ४३ वर्षीय देबेन्द्र चालिसे, ३० वर्षीय हरिप्रसाद तिवारी, ४२ वर्षीय शिवहरि ढकाल, बाग्लुङ्ग घर भएका ४३ वर्षीय केशव सुवेदी, ४९ वर्षीय डोलराज शर्मा र ५८ वर्षीय गोकर्ण आचार्य रहेको प्रहरीले जनाएको छ । जुवाको खालबाट ८० हजार ९ सय ३५ रुपैयाँ समेत बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सबैजनालाई इलाका प्रहरी कार्यालय गैंडाकोटमा राखिएको छ । उनीहरु विरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा १ सय २५ अनुसार जुवा सम्बन्धी मुद्धा दर्ता गरी कारबाही प्रक्रिया अगाडी बढाइने प्रहरी उपरीक्षक पोखरेलले बताए  ।

 

प्रतिक्रिया दिनुहोस्