ट्याक्सी र पिकअप भ्यान ठोक्कियो, तीन जनाको मृत्यु



बारा : निजगढमा गएराति ट्याक्सी र पिकअप भ्यान ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् ।  

निजगढ नगरपालिका ७ का आकाश भनिने २५ वर्र्षीय तिलक माझी, २५ वर्षीय विशाल माझी र भक्तपुरका २९ वर्षीय समुन्द्र श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । दुर्घटनामा घाइते भएकामध्ये दुई जनाको निजगढ अस्पताल र एक जनाको चुरेहिल अस्पताल हेटौँडामा उपचारको क्रममा मृत्यु भएको हो । 

ट्याक्सीमा सवार घाइते दुई जनाको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ । निजगढ नगरपालिका–९ भमरा पुलमा राति साढे १ बजेतिर तीव्र गतिमा रहेको बा २ च २११७ नम्बरको ट्याक्सीलाई ग २ च २३२५ नम्बरको पिकअप भ्यानले ठक्कर दिएको हो ।

प्रतिक्रिया दिनुहोस्