१४ हजार मत गन्न बाँकी रहँदा १० हजार मतले अगाडि



चितवन । चितवनको भरतपुर महानगरपालिका प्रमुखमा सत्ता गठबन्धनबाट नेकपा माओवादीकी केन्द्रकी उम्मेदवार रेनु दाहाल रेनु दाहाल जित नजिकै पुगेककी छन् ।

निर्वाचन अधिकृतको कार्यालय चितवनले सार्वजनिक गरेको पछिल्लो परिणामअनुसार रेनुले १० हजारबढी मतले अग्रता बनाएकी छिन् । उनले एमालेका उम्मेदवार विजय सुवेदीभन्दा १० हजार ६५१ मतले अग्रता कायम गरेकी हुन् ।

१ लाख १२ हजार ६ सय ७६ मतगणना गर्दा हुँदा रेनुले ४५ हजार ३८९ मत प्राप्त गरेकी छिन् । सुवेदीले ३४ हजार ७३८ मत प्राप्त गरेका छन्। यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ८२२ मत पाएका छन् ।

भरतपुरमा १ लाख २७ हजार ५ सय ५६ मत खसेको थियो । अब १४ हजार ८ सय ८० मत गन्न बाँकी छ । उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारी ४६ हजार ४७१ मत प्राप्त गर्दा, राप्रपाकी हिमला गुरुङले २७ हजार ४०४ मत पाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्