भरतपुरको उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी विजयी



चितवन । भरतपुर महानगरपालिकाको उपमेयर पदमा नेपाली काँग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन् । मतगणना नसकिँदै उनले विजय हासिल गरेका हुन् । भरतपुरमा १ लाख २७ हजार ५६६ मत खसेको थियो ।

जसमा १ लाख १३ हजार ८७७ मत गणना सकिइसक्दा सत्ता गठबन्धनका उम्मेदवार चित्रसेनले ४७ हजार २२८ मत पाएका छन् । उनले १९ हजार ५१४ को मतान्तर बनाएका छन् ।

अब भरतपुरमा १३ हजार ६८९ मत गन्न बाँकी हुँदा अधिकारीले १९ हजार बढी मतान्तर बनाइसकेकाले मतगणना सकिनुअघि नै विजयी भएकी हुन् । यस्तै भरतपुरमा सत्ता गठबन्धनकै मेयर उम्मेदवार रेनु दाहाल पनि जित नजिक पुगेकी छन् ।

प्रतिक्रिया दिनुहोस्