पोखराका दुई वटा वडामा पुनः मतदान गर्न एमालेको माग



पोखरा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पोखराका दुई वडामा पुनः मतदान गर्न माग गरेको छ । एमालेले पोखरा महानगरपालिका वडा नम्बर १८ र ३१ मा पुनः मत गणना गर्न माग हो ।

वडा नम्बर १८ मा ९ मत र ३१ मा ३ मत कम भएको भन्दै एमालेले पुनः मत गणना गर्न मुख्य निर्वाचन अधिकृत कार्यालयमा निवेदन दिएको हो ।

प्रदेश कमिटी अध्यक्ष नवराज शर्माको हस्ताक्षरमा पुनः मतगणनाका लागि निवेदन दिइएको नेकपा एमाले महानगर कमिटी अध्यक्ष दिलिप न्यौपानेले जानकारी दिएका छन् । वडा नम्बर १८ को नतिजा आज र ३१ नम्बर वडाको नतिजा सोमबार आएको थियो । दुवै वडामा नेकपा एमालेका उम्मेदवार पराजित भएका छन् ।

वडा नम्बर ३१ मा १६१ मत अन्तरले नेपाली कांग्रेसका ढकनाथ कँडेल र वडा नम्बर १८ मा ३ मत अन्तरले नेपाली कांग्रेसकै शिवप्रसाद तिमिल्सिना निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्