यौनकाण्डको अडियो फेला परेपछि यसरी गयो एक महिलाको ज्यान



बुटवल– दाङमा तीन  दिनअघि मृत फेला परेकी एक महिलाको घटना पछाडि थप रहश्य खुल्दै जान थालेको छ । शुक्रबार बिहान करिब ७  बजेको समयमा घोराही उपमहानगरपालिका–१७ हापुराकी २७ वर्षीया रिता डाँगीलाई छिमेकी रमिता केसीले आफ्नो श्रीमानसँग शारीरिक सम्पर्क राख्दै आएको आरोप लगाउँदै उनी र उनकी आफन्त श्रीमाली ओली समेतले घरमै आई लछारपछार गरेका थिए ।

घरमा भाँडा माझ्न लागेकी रितालाई जगल्टाउँदै कुटपिट गरेर ढलाएको उनकी सासु श्यामकली डाँगीले देखेकी थिइन् । छुट्टयाउन खोज्दा उनलाई समेत घुच्याइएको थियो । त्यो देखेपछि रिताका ससुरा पहलबहादुर डाँगी प्रहरी गुहार्न हिँडेको बताइन्छ  । प्रहरीसहित उनी फर्केर आउँदा रिता घरदेखि करिब सय मिटरको दूरीमा पर्ने रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

रिताका श्रीमान मोहन डाँगी बैदेशिक रोजगारका लागि कोरियामा रहेका छन् । उनका ४ वर्षीय एक छोरा छन् । रिताका दाजु चन्द्रविक्रम  खड्काले बहिनीको कुटपिटसँगै हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा ती दुवै जना महिलाविरुद्ध कर्तव्य ज्यान सम्बन्धि मुद्धा दायर गरेका छन् । आईतबार खड्काले अर्को रहस्य खुलेको बताउँदै मुद्धाले अर्को मोड लिन लागेको बताए ।

‘मैले कोरियामा रहेका ज्वाँईसँग बुझ्दा रमिता केसीका श्रीमान फर्शुराम केसीले केहि समयअघि मेरी बहिनी रितालाई बलात्कार गरेको र  बहिनीले उक्त कुरा ज्वाँईलाई  समेत भनेको खुलेको छ’,– दाजु खड्काले भने–‘अब फर्शुराम केसीविरुद्ध पनि मुद्धा  दिने सोचमा छु । ’

परिणतीः श्रीमानले फकाउनु, श्रीमतिले जस्ताको त्यस्तै बताउनु

घटना एक बर्ष अघिको हो ।  रितालाई क्यान्सर भएको हुन सक्ने आशंकामा अघिल्लो साउन महिनामा चितवनको भरतपुरमा जचाउँन पठाइयो । छिमेकी मात्र नभई फर्शुराम केसी रिताका माईती तर्फका आफन्त समेत थिए ।  उनैको साथ लगाएर भरतपुर पठाएका बेला  फर्शुराम र रिताबीच अवैध  सम्वन्ध रहेको चर्चा चल्न थाल्यो ।

स्थानीयका अनुसार उक्त घटनाबारे गत मंसिर महिनामा समेत स्थानीय अगुवाहरु बसेर आफन्तबीचको कुरा भनेर  भित्रभित्रै  मिलाइएका थिए  ।  कोरियामा रहेका रिताका श्रीमान मदन डाँगी श्रीमतीबाट थप कुरा खोतल्न फकाउँदै र मोवाईल रेकर्डको प्रयोग गर्दै आइरहेका थिए ।  पछिल्लो चरण रितालाई सबै  कुरा भन, ‘केही फरक पर्दैन भनेर मन चोर्दै रकर्ड गर्दै गर्न थाले । रिताको पालो पर्शुराम र आफु बीचको सबै कुरा बताइन् ।’

श्रीमती र आफुबीच भएको करिब १५ मिनेटको अडियो श्रीमान मदनले घर पठाइदिए । असार ८ गते राती उक्त अडियो सुनाउँदै रिताका ससुरा र अर्का एक ब्यक्तिले रितालाई निकै बरेसम्म केरकार र गाली गलौज गरिरहे । त्यतिले मात्रै नपुगेर उनै फर्शुरामको घरमा पुगेर ‘यी हामीले तिमीहरुको लसपस बारे प्रमाण पायौं, रितालाई तैले स्यहार’  सम्म भनियो । त्यहाँबाट उनीहरु करिब ५ बजेको समयमा प्रहरी कार्यालयमा समेत पुगे ।

यता, बिहानपख फर्शुरामकी श्रीमती र श्रीमाली ओली आएर एक बर्ष अघिको कुरा लिएर मेरा श्रीमानलाई किन यसरी बेइज्जत  गरिहन्छेस् भन्दै रितामाथि जाई लागे ।  दाङ्गका जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डे भन्छन्– ‘त्यो घर परिवारले राती आफ्नो घरमा भएको कुरा लुकाएका छन् । त्यस रात रिताका श्रीमानले पठाएको उक्त अडियो रेकर्ड सुनाउँदै रितालाई मानसिक तनाव दिने कार्य पनि गरिएको छ ।  त्यसै दिन राती फर्शुरामको घरमा गएर रितालाई स्यहार्ने सम्मको दबाव पनि दिए र  बिहान करिब ५ बजेतिर उनीहरु प्रहरी कार्यालयमा समेत आएर फर्किएका छन ।

एक बर्ष अघिको हराइसकेको कुरा उल्झाउने हुँदा रिताले आत्महत्या गरेको हुन सक्ने देखिएको छ । यद्यपि, मृतक रिताका दाजुले ती दुबै महिलाविरुद्ध कर्तब्य ज्यानसम्बन्धि मुद्धा दायर गरेपछि हामीले उनीहरुलाई हिरासतमा लिई अनुसन्धान गरिरहेका छौं ।’

फर्शुरामका विरुद्ध भने दाजुले उजुरी नदिएका कारण सोधपुछपछि छाडिएको एसपी पाण्डेले बताए । रिताका दाजु चन्द्रविक्रम भने यसमा ज्वाँई दोषी नभएको दावी गर्छन् । ‘एक बर्ष अघिको कुरा लिएर पटक पटक फर्शुरामकी श्रीमती रमिता केसीले मेरो बहिनीलाई टर्चर दिईरहे पछि बहिनीले श्रीमानलाई भनिन् । ज्वाँईले ठिक छ म तिमीलाई स्वीकार गर्छु बरु तिमी त्यहाँ बस्न मुस्किल परे अन्यत्रै गएर बस भन्नु भएको रहेछ । त्यही कुरालाई  लिएर मेरी बहिनीलाई मारिएको हो’ उनले यस्तो आरोप दोहराइरहे ।

प्रतिक्रिया दिनुहोस्