आइतबार पनि बिद्यालय खोल्न देउमाइका मेयरको आदेश



इलाम । इलामको देउमाई नगरपालिकाका नवनिर्वाचित मेयर सूर्यप्रसाद पोखरेलले आइतबार पनि विद्यालयहरु खोल्न आदेश दिएका छन् ।

जेठ ९ गते पदभार ग्रहण गर्दै उनले सामुदायिक विद्यालयमा शनिबार एक दिन मात्र विदा गरी बाँकी ६ दिन यथावत रुपमा पठपाठन हुने निर्णय गरेका हुन् ।

नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख रुपेन्द्रप्रसाद न्यौपानेले सबै विद्यालयमा पत्राचार गर्दै मेयरको आदेश अनुसार पठन पाठन गराउन आग्रह गरेका छन् ।

सरकारले जेठ १ देखि सामुदायिक विद्यालयहरुमा पनि आइतबार सार्वजनिक विदा दिएको छ । तर देउमाईका मेयर पोखरेलले भने आइतबार विदा नदिने निर्णय गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्