रोक्का म्यानपावरले अर्को म्यानपावरको फाइल प्रयोग गरेमा कारबाही हुने



काठमाडौं : पीडितलाई क्षतिपूर्ति दिन आलटाल गर्ने म्यानपावर कम्पनीलाई कडा कारबाही गर्ने वैदेशिक रोजगार विभागले जनाएको छ । एक म्यानपावर कम्पनीले पासपोर्ट, कागजात र रकम लिने, अनि अर्को म्यानपावरबाट कामदार पठाउने र कामदार समस्यामा परेर क्षतिपूर्तिका लागि उजुरी दिंदा एकले अर्कोलाई दोष देखाउँदै आलटाल गरेमा कारबाही हुने विभागले जनाएको छ ।

यस्ता गुनासा पीडितहरुबाट बढेको भन्दै विभागले म्यानपावर कम्पनीलाई यस्तो कार्य नगर्न सचेत गराएको हो ।साथै, म्यानपवार कम्पनीले एजेण्ट बनेर काम गरेमा, कम्पनीबीचमा कामदारको मागपत्र किनबेच नगर्न विभागले अनुरोध गरेको छ ।

कारबाहीमा परेर रोक्का रहेका म्यानपावरले अर्को म्यानपावरको फाइल प्रयोग गर्ने गरेमा हदैसम्मको कारबाही हुने पनि विभागले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्