हलिउडमा पैसा माग्नुपर्दैन, बलिउडमा गिडगिडाउनुपर्छ



एजेन्सी : राधिका आप्टे आफूलाई अभिनयमा प्रमाणित गरिसकेकी अभिनेत्री हुन्। सामान्यदेखि बोल्ड भूमिकामा आफूलाई उनले स्थापित गरिसकेकी छन्। सिनेमादेखि वेव सिरिजमा उनको अभिनयको जादु चलिसकेको छ। बलिउडका अलावा हलिउड सिनेमामा समेत राधिकाले काम गरिसकेकी छिन्। उनी अभिनित 'लिबर्टेः अ कल टु स्पाईं'मा देखिदैंछिन्। सिनेमामा उनी एक ब्रिटिस जासुस बनेकी छन्।

हालै यसै सिनेमाको बारेमा कुरा गर्दै उनले बलिउड र हलिउडको अन्तर बताइन्। 'मानिसहरू त्यहाँ समयसँग एकदमै बाँधिएका छन्। त्यहाँ कसैसँग गएर पैसा मागिरहनुपर्दैन तर यहाँ गएर आफ्ने पैसा लिन पनि गिडगिडाउनुपर्छ', आप्टेले भनिन्। त्यसैगरी शाहिद कपुरसँग 'वाह लाइफ हो तो ऐसी'बाट बलिउड छिरेकी राधिकाले आफ्नो हलिउड सिनेमालाई लिएर आफू उत्साहित रहेको पनि बताइन्।

उनले साेसल मिडियामा इंस्टाग्राममा सेयर गरेका तस्बिर :- 

Image result for राधिका आप्टे फोटो

प्रतिक्रिया दिनुहोस्