धनुषा ट्राफिकले जनकपुरमा सडक डिवाइडर राख्दैँ



जनकपुरधामः धनुषा ट्राफिकले आज जनकपुरको विभिन्न स्थानमा सड़क डिवाइडर राख्ने भएको छ । आज पहिलो चरणमा केहि स्थानमा डिवाइडर राखेको छ भन्ने वृक्षारोपण कार्यक्रम पनि सम्पन्न गरेको छ ।

जनकपुरको मुख्यमन्त्री आवास अगाडिको मुख्य सडकमा ड्रामको प्रयोग गरी सड़क डिवाइडर राखेको छ भन्ने उक्त डिवाइडरमा वृक्षा रोपण समेत गरेको छ ।  लायन्स क्लबको सहकार्य र सिविल बैंकको सहयोगमा ६० ओटा सड़क डिवाइडरहरु जनकपुरको प्रमुख स्थानहरुमा राख्न लागेको धनुषा ट्राफिक प्रमुख दीपक साहले कार्यक्रममा बताएका छन ।

 

वृक्षारोपण कार्यक्रममा नागरिक समाजका अगुवा अमर चन्द्र अनिलले धनुषा ट्राफिकको यस प्रकारको कार्यालाई सबैला आ आफ्नो स्थान वाट सहयोग गर्नु पर्नेमा जोड दिए । प्रदेश सरकार र स्थानिय सरकार गठन भई सकेको अवस्थामा अव सबैको सहकार्यले मात्र धनुसाको ट्राफिक व्यवस्थापन पूर्णता आउने धनुषा चेम्बरका वरिष्ठ उपाध्यक्ष सरोज मिश्रले तर्क गरे ।

 

धनुषा ट्राफिकसंग मेंनपावरको अभाव र सामग्रीहरु पनि अभाव भएकोले अव प्रदेश र स्थानीय निकायको पनि सहयोग गर्नु पर्ने बेला आएको सुझाव मिश्रले दिए । जनकपुरको प्रमुख ४ स्थानहरु भानु चौक, विद्यपती चौक, रामानंद चौक, मुख्य मंन्त्री आवास अगाडि यो डिवाइडर राखिने छ ।

धनुषाका प्रहरी नायव उपरिक्षक दिपेंद्र शाहीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा लायंस क्लबका नलिनी कर्ण, जनकपुर उद्योग बाणिज्य संघका अध्यक्ष ललित साह, युवा अगुवा सुशील कर्ण , वार्ड नंबर ९ का वार्ड अध्यक्ष परमेस्वर साह सहित व्यक्तिहरु आ आफ्नो मंतव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्