ओखलढुंगामा १४ वर्षीया बालिका बलात्कृत



ओखलढुंगा । ओखलढुंगामा १४ वर्षीया बालिका बलात्कृत भएकी छन्। बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ओखलढुंगाको मोलुङ गाउँपालिका–५ बस्ने ४४ वर्षीय तारा नाथ पोखरेललाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ।

पोखरेलले ती बालिकालाई आफ्नै घरको कोठामा बोलाई बिहीबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बरुणेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। उनलाई पक्राउ गरेर घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्