‘रे’को एक्सन प्रधान ट्रेलर सार्वजनिक (भिडियो)



काठमाडौं : यही २४ साउनबाट नयाँ चलचित्र  ‘रे’ मुलुकका सिनेमा घरमा रिलिज हुने भएको छ । 

प्रदर्शन मिति नजिकिँदै गर्दा मंगलबार यो चलचित्रको ट्रेलर रिलिज गरिएको छ ।  ट्रेलरमा खल अभिनेता सुनिल थापा यो फिल्ममा डनको रुपमा प्रस्तुत भएका छन् । फिल्मका अभिनेता दिवस र अभिनेत्री सुजाताको प्रेममा सुनिल थापा बाधक बनेको ट्रेलरमा देखाइएको छ । 

नव अभिनेता दिवस यो फिल्ममा एक्सन अबतारमा प्रस्तुत भएका छन् । ट्रेलरलाई ओएसआर डिजिटल युट्युज च्यानलबाट रिलिज गरिएको हो । 

दिनेश पौडेलले निर्देशन गरेको चलचित्र रे एक्सन प्रधान जनरामा आधारित छ । एक्सनसँगै सामाजिक प्रेम कथामा फिल्म आधारित भएको निर्माण पक्षको कथन छ । 

चलचित्रलाई राजेन्द्र त्रिपाठीले निर्माण गरेका हुन् । यो फिल्ममा सुनिल थापा, दिवस धिताल, सुजाता थापा, पूर्णिमा लामा, क्रान्ति रसाईली, रक्षा गुरागाई, अभिषेक जोशीको अभिनय छ । फिल्ममा किशोर खतिवडाको विशेष भूमिका छ ।

चलचित्रमा कुमार श्रेष्ठको द्धन्द्ध निर्देशन, ओम सुनारको संगीत, कविराज गहतराजको नृत्य निर्देशन, रमेश बिशुँखेको सम्पादन, महेन्द्र थापाको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्