केकीको अपरिपक्वता



केही समयअघि नायिका केकी अधिकारीले गरेको एउटा फेसबुक पोस्ट भाइरल भयो । ‘उनी रोइन्’ शीर्षकमा लेखेको उनको लामो स्टाटसले राम्रै प्रशंसा पाएको थियो । घरेलु हिंसालाई केन्द्रमा राखेर लेखेको स्टाटसको अन्त्यमा केकीले लेखेकी थिइन्, ‘तपाईं–हामीबीच भएका सबै ‘उनी’हरूलाई घरेलु हिंसाविरुद्ध बोल्ने साहस मिलोस् । साहसी सबैलाई न्याय मिलोस् ।’ उनको यो स्टाटस छवि–शिल्पा काण्डप्रति लक्षित थियो । 

महिलाको पक्षमा केहीले उठाएका आवाजले राम्रै समर्थन पाइरहेको थियो । महिला हिंसामाथि उनको बोली उँचो थियो, छ र भोलि पनि होला तर, उनै केकीले एउटा गीत फेसबुकमा सेयर गरिन्, जुन गीतले महिलालाई मजाक बनाएको छ ।

गीतको बोल नै छ, ‘घाँटीभन्दा तल त राम्री नै छे ।’ आर्जन पाण्डेले गाएको यो गीतमा मोडलिङ रिमा विश्वकर्माले गरेकी छिन् । केकीले गीतलाई बधाई दिँदै गीतको लिंक सेयर गरेकी छिन् । महिलाको विषयमा बोल्दै आएकी केकीले महिलालाई नै उडाइएको गीत सेयर गर्नुलाई धेरैले उनको अपरिपक्वता मानेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्