सनी लियोनीले मोबाइल नम्बर दिएपछि तनाव बढयाे



एजेन्सी : फिल्म ‘अर्जुन पटियाला’ मा सनी लियोनीले एक मोबाइल नम्बर बताउँछिन्। मान्छेहरूले उनले दिएको नम्बर सनी लियोनीकै सम्झेपछि यसले समस्या निम्त्याएको छ।

सनी लियोनीले मोबाइल नम्बर दिएपछि यी युवकले झेल्नुपर्‍यो तनाव !

युवाहरूले उक्त नम्बरमा फोन गर्न थाले। तर त्यो मोबाइल नम्बर सनी लियोनीको थिएन। नम्बर दिल्लीमा रहने पुनीत अग्रवाल नामक एक व्यक्तिको थियो। ती व्यक्तिले अहिले यो नम्बर सनीको होइन भनेर भन्दाभन्दा वाक्क भइसकेको बताएका छन्।

पुनीतलाई दैनिक एक सयभन्दा बढी सनीलाई भन्दै फोन आउने गर्छन्। फोन गर्ने सबैले सनीसँग कुरा गर्न चाहेको बताउँछन्। यो फोनबाट पुनीत यति तनावमा परे कि, उनले प्रहरीमा उजुरी नै दिएका छन्।

‘अर्जुन पटियाला’ २६ जुलाईमा रिलिज भएको थियो। फिल्म रिलिज भएपछि पुनीतको मोबाइलमा निरन्तर फोन आउन थाल्यो। हैरान भएपछि सनी र निर्माताविरुद्ध पुनीतले उजुरी दिएका छन्। पुनीतको मोबाइलमा भने फोन आउन छोडेको छैन।

प्रतिक्रिया दिनुहोस्