त्रियुगा नगरपालिकाको मेयर कांग्रेसले जित्यो



उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाको मेयरमा नेपाली काँग्रेसले विजयी भएको छ । काँग्रेसका बसन्त बस्नेत मेयरमा निर्वाचित भएका छन् ।

बस्नेतले निकटतम प्रतिस्पर्धी एमालेका भागवत राउत दुई हजार ८६ मतान्तरले पराजित गरेका हुन्​ । बस्नेतले १३ हजार ९ सय ५९ मत ल्याउँदा राउतले ११ हजार ८ सय ७३ मत मात्र पाए । यस्तै नेकपा एकीकृत समाजवादीका उमेदवार निवर्तमान मेयर बलदेव चौधरीले ९ हजार १ सय ४७ मत प्राप्त गरे ।

२०५३ सालमा नगरपालिका बनेको त्रियुगामा काँग्रेस पहिलोपटक निर्वाचित भएको हो । यसअघि त्रियुगामा नेकपा एमालेले जित्दै आएको थियो । २०७४ को निर्वाचनमा पनि उमेदवार बलदेव चौधरीसँग बस्नेत ७२ मतान्तरले पराजित भएका थिए ।

०७४ मा उपमेयर जितेको काँग्रेसले यसपटक भने गुमाएको छ । उपमेयरमा एमालेकी महेश्वरी राई विजयी भएकी छिन् । उनले काँग्रेसकी सरिता राई १ हजार ७ सय २२ मतान्तरले पराजित गरेकी हुन् ।

महेश्वरीले १३ हजार ७ सय ३ मत पाउँदा सरिता राईले ११ हजार ९ सय ८१ मत मात्र ल्याइन् । यस्तै माओवादी केन्द्रकी गीता खड्काले खड्काले ६ हजार ५ सय ६८ मत ल्याइन् । काँग्रेस र एमालेले एक्लै प्रतिस्पर्धामा थिए माओवादी र एकीकृत समाजवादीको गठबन्धन थियो । जसमा काँग्रेसले मेयरमा र एमालेले उपमेयरमा बाजी मारेको हो ।

त्रियुगामा काँग्रेसले ९, एमालेले ४ र माओवादीले ३ वडाध्यक्ष जितेको छ । एकीकृत समाजवादी भने त्रियुगामा निल भएको छ ।

प्रतिक्रिया दिनुहोस्