अर्थमन्त्रीको दाबी : बजेटले परम्परागत संस्कार चिरेको छ



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटले परम्परागत संस्कार चिर्न सफल भएको दाबी गरेका छन् ।

बजेट वक्तव्य लगत्तै सोमबार पत्रकार सम्मेलन गरेका अर्थमन्त्री शर्माले पहिलो पटक बजेट उत्पादन केन्द्रित, जन अपेक्षा अनुरुप तथा वर्तमान मागको आवश्यकतालाई सम्बोधन गर्ने गरी आएको बताएका छन्।

आगामी आर्थिक वर्ष २०७९र८० को बजेटले हाल आन्तरिक तथा वाह्य क्षेत्रको प्रभाव मुलुकको अर्थतन्त्रमा पारेको प्रभाव, तीब्र आयात वृद्धि, विदेशी मुद्रा सञ्चितिमा परेको प्रभाव र बजार महँगीलाई ध्यानमा राखेर बजेट ल्याइएको अर्थमन्त्री शर्माको भनाई छ ।

बजेटले आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखि अर्थतन्त्रमा रुपान्तरण गर्ने प्रयास गरेको पनि उनले बताए ।बजेटले कृषि र किसानलाई सम्बोधन गरेको, निजी व्यवसायीहरुलाई सम्बोधन गरेको र समग्र मुलुकको आर्थिक रुपान्तरणकै लागि केन्द्रित भएको शर्माले बताएका छन् ।

सरकारले आइतबार अनुमानित आय व्ययसहितको कुल १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्