२२ जनाकै शव भेटियो



काठमाडौं । दुर्घटनाग्रस्त तारा एयरमा सवार सबै यात्रुको शव फेला परेको छ । फेला परेका शवमध्ये १० वटा शवलाई तल बेनी-जोमसोम सडक खण्डमा पर्ने कोवाङमा झारिएको प्रहरीले जनाएको छ ।

खराब मैसम र अप्ठ्यारो भूगोलमा उद्धारकर्ताले शव बोकेर झार्नुपर्ने भएकोले समस्या देखिएको छ । शवहरू भीरमा छरिएकाले संकलन गर्न समस्या भएको उद्धारमा खटिएका स्थानीय इन्द्रसिंह शेरचनले जानकारी दिएका छन् । फेला परेका शवको पहिचान भने हुन सकेको छैन ।

मुस्ताङको थासाङ गाउँपालिका, २ कोवाङको सिरानमा विमान भेटिएको थियो । कोवाङ झारिएका शवको प्रहरीले पोष्टमार्टम तथा मुचुल्का बनाउन थालेको छ । दुर्घटनामा चालक दलका ३ सदस्यसहित २२ जना यात्रुको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्