मिस नेपाल अनुष्का श्रेष्ठका सुन्दर तस्वीर (फोटो फिचर)



काठमाडाैं : मिस नेपाल वल्र्ड २०१९ हुनुपूर्व अनुष्का श्रेष्ठलाई कमैले चिन्थे। उनका खासै फ्यान फलोइङ पनि थिएनन्। मिस नेपालको ताजले अनुष्कालाई एकाएक देशभर चिनायो। अहिले उनका लाखौँ फ्यान छन्। काठमाडौंमा जन्मेकी अनुष्का मिस नेपाल हुनुअघि अस्ट्रेलियामा रहँदै आएकी थिइन्।

उनी मिस नेपाल प्रतियोगिताकै लागि अष्ट्रेलियाबाट नेपाल आएकी थिइन्। अष्ट्रेलियामा अध्ययन गर्दै आएकी अनुष्का व्यवस्थापन संकायतर्फ स्नातक उत्तीर्ण हुन्। अष्ट्रेलियाको सिड्नीमा बस्दै आएकी  उनी मिस नेपाल ओसेनिया-२०१८ बन्न सफल भएकी थिइन्। उनी कमन वेल्थ ब्यांक अफ अष्ट्रेलियामा कार्यरत थिइन्।

हेरौँ मिस नेपालले सामाजिक सञ्जालमा शेयर गरेका केही सुन्दर तस्वीरहरु :-

 

प्रतिक्रिया दिनुहोस्