१५ वर्ष कान्छा प्रेमीसँग बिहे गर्दै सुष्मिता सेन



काठमाडौं : प्राय विवाहका लागि केटीभन्दा केटाको उमेर बढि हुनुपर्ने वा केटाको उमेरभन्दा केटीको उमेर कम हुनुपर्ने अघोषित परम्परा नै छ । अझ नेपालको परिवेशमा कुरा गर्दा श्रीमती भन्दा कान्छो श्रीमान हुनुलाई अपवाद मानिन्छ ।

पछिल्लो समय भने यस कुरामा परिवर्तन हुँदै गएको देखिन्छ । अझ भनौँ, बलिउडमा त यो मामला निकै परिवर्तन हुँदै गइरहेको छ । यस्ता थुप्रै कलाकार छन् जो आफूभन्दा कम उमेरका युवकसंग बिहे नै गरिसकेका छन् भने कोहि डेट गरिरहेका छन् ।  

यस्तै विभिन्न भारतिय संचार माध्यमका अनुसार बलिउड अभिनेत्री सुष्मिता सेन विवाह गर्ने तयारीमा रहेकी छिन् । यतिबेला यी अभिनेत्री रोहमन शलसंगको प्रेममा रमाइरहेकी छिन् । पारिवारिक जमघट होस् अथवा पारिवारिक बिदा मनाउने अवसर होस्, उनीहरु प्रायः सँगै नै हुन्छन् । 

Image result for sushmita sen and rohman shawl

एउटा समाचारमा जनाइए अनुसार यी दुबैले यसै वर्षको नोभेम्बर महिनामा विवाह गर्ने योजना बनाएका छन् । रोहमनले सुष्मितालाई यसअघि नै विवाहको प्रस्ताव राखिएका छन् भने सुष्मिताले पनि उनको प्रस्ताव स्विकारीसकेकी छिन् ।

Image result for sushmita sen and rohman shawl

यत्तिका उमेरमा सुष्मिताले विवाह गर्ने खबर आफैमा रोचक छ भने उनका हुनेवाला श्रीमानबीचको उमेर अन्तर अर्को रोचक छ । रोहमन र सुष्मिताको उमेरमा निकै अन्तर छ । रोहमन, सुष्मिता भन्दा करिव १५ वर्ष कान्छा छन् ।

प्रतिक्रिया दिनुहोस्