प्रभासका फ्यानलाई अर्को एउटा सप्राइज !



एजेन्सी : प्रभास र श्रद्धा कपूर स्टारर फिल्म ‘साहो’ रिलिजको तरखरमा छ। यो फिल्मको दर्शकलाई लामो समयदेखि प्रतीक्षा छ। फिल्मको टिजर केही समयअघि रिलिज भएको भएको थियो। त्यसपछि यसको चर्चा निरन्तर भइरहेको छ।

फ्यानले प्रभास र श्रद्धाको जोडी हेर्न पनि आतुर छन्। एक्सन ड्रामा यो फिल्मको गीत समेत रिलिज भइसकेको छ। यतिबेला भने फिल्म मेकर्सले फ्यानका लागि अर्को सप्राइज दिएका छन्। निर्माण टिमले साहोको गेम पनि ल्याउने भएको छ । टिमले यसको पोस्टर पनि सार्वजनिक गरेको छ।

एक्सनले भरिएको यो फिल्मको पोस्टर दर्शकले मन पराउने अनुमान गरिएको छ। पोस्टरमा प्रभासलाई देखाइएको छ। र अगाडि बन्दुक लिएर अरु उभिएका छन्। अगस्त ३० मा यो फिल्म रिलिज हुँदैछ। यो फिल्म तमिल, तेलुगू र हिन्दी भाषामा रिलिज हुनेछ।

प्रतिक्रिया दिनुहोस्