गोबिन्दाको जीवनबारे सात खुलासा जुन धेरैलाई विश्वास नलाग्ला



एजेनसी : ९० को दशकका सुपरस्टार गोबिन्दा आजकाल साना र लो बजेटका फिल्ममा काम गर्न बाध्य भएतापनि एक समय यस्तो थियो जब गोबिन्दाले एकैसाथ ५० वटा फिल्म साइन गरेका थिए। त्यतिबेला उनले हलिउडको सबैभन्दा ठूलो फिल्म अवतारमा मुख्य भूमिका अस्विकार गरेका थिए। आज हामी तपाईंलाई उनीसम्बन्धि यस्तै केही खुलासा गर्दै छौं जुन सुनेर तपाईंलाई विश्वास नलाग्न सक्छ।

गोबिन्दाले इन्डिया टिभीको कार्यक्रम आपकी अदालतमा हलिउडका चर्चित निर्देशकमा गनिने जेम्स क्यामरुनले उनलाई अवतार फिल्ममा मुख्य भूमिका अफर गरेका थिए तर उनले यसलाई अस्विकार गरेको बताए। शरीर भरी रङ दल्नुपर्ने भएकाले आफूले उक्त अफर अस्विकार गरेको जानकारी दिए।

यसबाहेक गोबिन्दाले फिल्मको टाइटलबारे आफैंले सुझाएको पनि उनले बताए। उनले फिल्मका निर्मातालाई उक्त फिल्म सात वर्षसम्म पनि समाप्त हुन नसक्न पनि बताएका थिए।

गोबिन्दाले सनी देओल स्टारर फिल्म गदरः एक प्रेम कथालाई अस्विकार गरेका थिए। यसमा उनलाई मुख्य भूमिका अफर गरिएको थियो तर उनले अस्विकार गरेका थिए। फिल्मका निर्देशक अनिल शर्माले जब उनलाई फिल्मको स्क्रिप्ट सुनाइरहेका थिए तब त्यसमा अत्यधिक गाली भएको गोबिन्दाले  उक्त फिल्ममा अभिनय गर्न अस्विकार गरेको बताए।

गोबिन्दाले २२ वर्षको उमेरमा लगभग ५० फिल्ममा साइन गरिसकेका थिए। उक्त कार्यक्रममा उनले भने, ‘म १४ वर्षको उमेरमा मेरी आमाले मलाई गायत्री उपसना गर्न अह्राउनुभयो। मैले २४ लाख पटक गायत्री मन्त्र जपेँ। म पहिले हिरोजस्तो देख्दिनथेँ, त्यसपछि देखिन थालेँ।’

गोबिन्दाले फिल्मको कथा नसुनिकनै, केही जानकारी नलिइकनै त्यो साइन गर्ने गर्दथे। उनका अनुसार त्यतिबेला उनी यति गरिबी र समस्यासँग जुधिरहेका थिए कि उनले जुन फिल्म पाउँथे त्यसबारे केही नसोचिकनै साइन गर्दथे। पछि फिल्म पाउने हो होइन भनेर उनले सबै फिल्ममा साइन गर्ने गरेको बताए।

उनले थुप्रै फिल्ममा आफ्नो भूमिका आफैं क्रिएट गरेका थिए। उनले कुली नम्बर वानको रोलबारे पनि बताए। उनले भने, ‘मैले जुन पनि भूमिका फिल्ममा निभाएँ ती सबै पात्रलाई मैले कतै न कतै देखेको थिएँ।

मैले उनलाई (कुली) कुनै कार्यक्रममा देखेको थिएँ त्यसपछि मलाई त्यो भूमिका फिल्ममा ल्याउने आइडिया आयो। गोबिन्दाका अनुसार उनी १५ दिनसम्म लगातार सुटिङ गर्ने गर्दथे। यस्तोमा जतिबेला मौका पाउँथ्यो त्यहाँ उनी थोरै बेरका लागि किन नहोस् सुतिहाल्थे।

प्रतिक्रिया दिनुहोस्