ग्ल्यामर फोटोशूटका कारण ट्रोल भइन् अनुष्का शर्मा



एजेन्सी : अनुष्का शर्मा बलिउडमा ग्ल्यामर अभिनेत्रीका रुपले पनि चिनिने गर्छिन्। उनले हालै फिल्मफेयरसँग लामो कुराकानी गरिन्। जुन कुराकानीको बलिउडमा चर्चा भयो। उनले आफूले फिल्मबाट ब्रेक लिएको कारण पनि खुलाइन्।

साथै एक फोटोशूट पनि गराइन्। बताउनै पर्दैन कि, स्टाइलको मामलामा अनुष्कालाई सबैले रुचाउने गरेका छन्। तस्वीरको चर्चा पनि हुने गर्छन्। तर यतिबेला भने उनले ट्रोलको सामना गर्नुपरेको छ।

अनुष्काको एक तस्वीरमा युजर्सले भद्दा कमेन्ट पनि गरेका छन्। कतिले त उनलाई अश्लील गाली समेत गरेका छन्। यसलाई अनुष्काले भने मान्छेको सोच्ने तरिकाका रुपमा लिएको भारतीय मिडियाले जनाएका छन्। अहिले मात्र होइन, यसअघि पनि अनुष्कालाई युजर्सले ट्रोल बनाएका थिए। तर, अनुष्काले आफ्नो ग्लयामर फोटोशूट भने गराइरहेकी हुन्छिन्।

प्रतिक्रिया दिनुहोस्