महिनाको पहिलो सोमबार समन्वय समिति बैठक बस्ने काठमाडौं महानगरको निर्णय



काठमाडौं । काठमाडौं महानगरपालिकाले एकीकृत एवं समन्वयात्मक विकास प्रणाली विकास गर्न निकायगत छलफल सुरु गरेको छ ।

शुक्रबार महानगर प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बैठक बसेको छ । बैठकले हरेक महिनाको पहिलो सोमबार दिनको ०३ः०० बजे समन्वय समितिको बैठक बस्ने निर्णय गरेको छ । बैठकमा विकास साझेदार कार्यालयका व्यवस्थापन र कार्यकारी भूमिकामा रहेका पदाधिकारी उपस्थिति रहने छ । त्यस बैठकले चालु योजना कार्यान्वयनको समीक्षा गर्ने छ । यसैगरी एकीकृत कार्यक्रमबाट सञ्चालन गर्न सकिने योजनाको यकिन गन छ । यसबाट सहरी पूर्वाधार तथा सेवा वितरणमा देखिएका समस्या समाधान हुनेछ अपेक्षा गरिएको छ ।

कानुनी तथा व्यवहारिक पक्ष, प्रबन्ध, संयोजन तथा समायोजन गर्नुपर्ने पक्षलाई व्यवस्थित गर्र्न यस प्रकारको बैठक बस्न लागिएको प्रमुख शाहको भनाइ छ । विकास निर्माणका कामलाई व्यवस्थित गर्न र सेवाप्रवाहलाई पारदर्शी बनाउन समन्वय बैठक प्रभावकारी हुने शाहले बताएका छन् ।
बैठकमा उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड््याल, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित काठमाडौं उपत्यका खानेपानी लिमिटेड, दूर सञ्चार प्राधिकरण, सडक विभाग, मेलम्ची खानेपानी आयोजनालगायत विकास साझेदार कार्यालयका पदाधिकारीहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्