जुवा खालबाट पक्राउ परे ट्रक व्यवसायी समितिका उपाध्यक्षसहित ६ जना



बुटवल : प्रहरीले जुवा खेलिरहेको अवस्थामा पश्चिमाञ्चल यातायात (ट्रक) व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष यमप्रसाद पाण्डेसहित ६ जनालाई पक्राउ गरेको छ ।

 

उनीहरुको साथबाट २ लाख २६ हजार नगद समेत बरामद गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिए ।

 

पाण्डे राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान लुम्बिनीका निवर्तमान अध्यक्ष पनि हुन् । बुटवल मण्डप अगाडि धनकुमार कुँवरको घरमा जुवा खेलिरहेको अवस्थामा वडा प्रहरी र इलाका प्रहरीको संयुक्त गस्ती टोलीले शुक्रबार राति छापा मारेको थियो ।

प्रतिक्रिया दिनुहोस्