११ वर्षपछि छुट्टिए दिया मिर्जा र साहिल सांघा, यसरी गरे घोषणा



भारतीय अभिनेत्री दिया मिर्जा र साहिल सांघाले आपसी समझदारीमा एक अर्कासंग छुट्टिएको घोषणा गरेका छन् । दियाले सामाजिक सञ्जाल मार्फत् आफूहरु छुट्टिएको जानकारी दिएकी हुन् । 

दीयाले सामाजिक सञ्जालमा लेखेकी छिन्,उक्त वक्तव्यमा लेखिएको छ, ‘११ वर्षको साझेदारीपश्चात् हामीले अन्ततः आपसी सहमतीमा छुट्टिने निर्णय गरेका छौँ । हामी साथीको रुपमा रहिरहनेछौँ र एक–अर्काप्रतिको माया र सम्मान सधैँ कायम राख्ने प्रतिबद्धता व्यक्त गर्छौँ । हाम्रो यात्रा अब भिन्न रहेपछि हामी जुन सम्बन्धमा बाँधिएका थियौँ त्यसप्रति हामी सधैँ कृतज्ञ रहनेछौँ । हामी आफ्ना साथीभाइ र आफन्तलाई उहाँहरुको माया र समझदारीका लागि धन्यवाद दिन्छौँ । साथै, मिडियाका प्रतिनिधीप्रति उहाँहरुको निरन्तर सहयोगका लागि आभार प्रकट गर्दछौँ । यतिबेला हामीलाई चाहिएको गोपनियताको सम्मानका लागि सबैमाझ आग्रह पनि गर्छौँ । यसबारे आइन्दा हामी केही पनि प्रतिक्रिया दिनेछैनौँ ।’

Related image

दीया मिर्जाको यो बयानले अहिले बलिउड जगत् तथा उनका समर्थकहरु आश्चर्यमा छन् । दीया मिर्जा र साहिल सांघा ११ वर्षदेखि एकअर्काको साथमा थिए । उनीहरुले सन् २०१४ अक्टुबर १८ मा दिल्लीमा विवाह गरेका थिए । दीया र साहिलको बर्न फ्री एन्टरटेन्मेन्ट नामको प्रोडक्शन कम्पनी छ । 

Image result for diya mirza and sahil sangha

दीया मिर्जाले फिल्म ‘दिवानापन’, ‘तुमको ना भूल पाएंगे’, ‘दम’, ‘परिणीता’, ‘फिर हेरा फेरी’, ‘लगे रहो मुन्ना भाई’ र ‘सञ्जु’ जस्ता फिल्ममा काम गरेकी छिन् । 

प्रतिक्रिया दिनुहोस्