बीएनए बास्केटबलमा ३८ टिम



काठमाडौं । बसुन्धारा नेसनल एकेडेमी (बीएनए) को आयोजनामा पाँचौँ बीएनए कप अन्तर विद्यालय बास्केटबल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ।

प्रतियोगितामा सिनियर ब्वाइज, जुनियर ब्वाइज र गल्र्समा गरी जम्मा ३८ टिमको सहभागिता रहने बीएनएका प्रिन्सिपल टंककुमार चापागाईंले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए। सिनियर ब्वाइइजमा १९, जुनियर ब्वाइजमा १२ तथा गल्र्समा ७ टिम सहभागी हुने छन्। लिग कम नकआउट आधारमा हुने प्रतियोगिताका खेलहरू बसुन्धारामा हुनेछ।

पत्रकार सम्मेलनमा प्रिन्सिपल चापागाईंले कोभिड–१९ का कारण विद्यालय खेलकुद ज्यादै न्यून मात्रमा भइरहेको अवस्थामा यो प्रतियोगिताले विद्यालयमा अध्ययनरत बास्केटबल खेलाडीलाई चलायमान बनाउन केही हदसम्म सहयोग पुग्ने विश्वास व्यक्त गर्दै कोभिड–१९ कै कारण बीएनए कपको २ संस्करणमा पनि आयोजना नभएको जानकारी गराए।

प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख रुपैयाँ खर्च हुने बीएनएका संयोजक सन्तोष फुयाँलले जानकारी दिए। बीएनएका अध्यक्ष प्रमोद श्रेष्ठ र बास्केटबल प्रशिक्षक नारायण खवासले प्रतियोगिताको विविध पक्ष बारे प्रकाश पारेका थिए। फाइनल असार १ गते हुने छ।

प्रतिक्रिया दिनुहोस्