पुरस्कार स्वरुप पाएकाे रकम अनाथालय र बृद्धाश्रमलार्इ दिने साइकल यात्री साहकाे घोषणा



काठमाडाैं : देशका विकासका लागि लामाे साइकल यात्रा गर्ने रञ्जीत साहलार्इ जनकपुरमा सम्मान गरिएकाे छ । देश २ प्रमुख रत्नेश्वर लाल कायस्थले धनुषा चेम्बर अफ कमर्शले आयोजना गरेकाे छठ पूजा सामग्री वितरण कार्यक्रममा साहलार्इ सम्मान गरेका हुन् । 

 

 केही समय अगाडी जनकपुरबाट भारतको अयोध्या ४ सय २५ किमि साईकल यात्रा गरेका साहलाई दोसल्ला र मालासहित एक साईकलको साँचो हस्तान्तरण गरेर सम्मान गरिएकाे हाे । उनलार्इ  लगाएर साईकल प्रदान गरिएको हो ।

 

साईकल यात्री रञ्जीतले अब आफूले पाएको आर्थिक सहयोग अनाथालय र बृद्धाश्रमलार्इ दिने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्