माउन्ट एभरेष्ट तेक्वान्दो असोज पहिलो साता



काठमाडौं । तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप असोज पहिलो साता हुने भएको छ। च्याम्पियनसिप असोज ५ देखि ९ गतेसम्म गण्डकी प्रदेशको पोखरामा आयोजना हुने छ।

जी–२ र्‍याङकिङ प्रतियोगितामा जुनियरतर्फ महिला र पुरुष गरी २० एवं सिनियरमा महिला पुरुष दुवै गरी १६ तौल समूहमा प्रतिस्पर्धा हुने छ।

प्रतियोगितामा विभिन्न देशका १ हजार ५ सय खेलाडीको सहभागिता रहने छ।च्याम्पियनसिपका लागि एक सयभन्दा बढी विदेशी निर्णायकसमेत नेपाल आउने छन्। च्याम्पियनसिप सञ्चालनका लागि २ करोड बजेट लाग्ने अनुमान गरिएको छ ।

वर्ल्ड तेक्वान्दो फेडरेसनको वार्षिक क्यालेन्डरमा समावेश च्याम्पियनसिप सन् २०१९ मा आयोजना गर्नुपर्ने थियो। कोरोना महामारीका कारण त्यतिबेला सम्भव नभएपछि यस वर्ष आयोजना गर्न लागिएको हो।

प्रतिक्रिया दिनुहोस्