कुवेतमा नेपाली टिमको अभ्यास सत्र सुरु



काठमाडौं । एएफसी एसियन कप २०२३ छनोटका लागि कुवेत आईपुगेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो दिनको अभ्यास गरेको छ। कुवेत सिटीमा रहेको नेपाली टिमले अहमादीस्थित अल शवाव स्टेडियममा पहिलो दिनको अभ्यास सत्र पूरा गरेका हो। नेपालले स्थानीय समयअनुसार आइतबार साँझ ७ बजे (नेपालमा पौने १० बजे) अभ्यास गरेको हो।

नेपाली टिमले केही समय कतारको दोहामा अभ्यास पूरा गर्दै कुवते पुगेको हो। कतारमा नेपालले टिमोर लिस्टे, श्रीलंका र ओमानसँग मैत्रीपूर्ण खेल खेलेको थियो। जहाँ टिमोरसँग २ २ र श्रीलंकासँग ११ गोलको बराबरी खेल्दा नेपाल ओमानसँग २० ले पराजित भएको थियो।

यसपछि नेपाली टिम शनिबार कुवेत आईपुगेको थियो। नेपालले भोलि सोमबारसमेत सोहि मैदानमा अभ्यास गर्नेछ। स्थानीय समयअनुसार ७ बजे सुरु हुने अभ्यासमा नेपाली समर्थकलाई आफ्नो राष्ट्रको अभ्यास सत्र हेर्न प्रवेश दिने प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले बताएका छन्।

हाल टोलीमा २३ खेलाडीसहित नौ अधिकारी छन्। समूह ए मा रहेको नेपालले २५ जेठमा जोर्डन, २८ जेठमा घरेलु टोली कुवेत र ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्