पोर्चुगलको जितमा रोनाल्डोको २ गोल



काठमाडौं । स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोको दुई गोल प्रेरित पोर्चुगलले यूईएफए नेसन्स लिग समूह ए २ को खेलमा विजयी सुरुवात गरेको छ। आईतबार राति लिस्बोनस्थित घरेलु मैदानमा पोर्चुगलले स्विजरल्यान्डमाथि ४–० को सहज जित निकाल्यो।

पोर्चुगलको जितमा स्टार फरवार्ड रोनाल्डोले २ गोल गरे भने विलियम कार्भाल्हो र जोआओ कन्सेलोले समान १–१ गोल गरे। जितसँगै समूहमा पोर्चुगल २ खेलबाट ४ अंकसहित शीर्ष स्थानमा छ। समान ४ अंक भए पनि चेक रिपब्लिक दोस्रोमा छ। यता स्पेन समान खेलबाट २ अंकसहित तेस्रो तथा स्वीटजरल्यान्ड बिनाअंक पुछारमा छ।

प्रतिक्रिया दिनुहोस्