फ्रेन्च ओपन : नाडाललाई उपाधि



काठमाडौं । विश्व वरीयताको पाँचौ स्थानमा रहेका स्पेनिस राफेल नाडालले कीर्तिमानी १४औं पटक फ्रेन्च ओपनको उपाधि जितेका छन्। जितसँगै नाडालले हालसम्म वर्षको दोस्रो ग्रान्डस्लाम फ्रेन्च ओपनको फाइनलमा आफ्नो अपराजित यात्रालाई कायम राखेका छन्।

आइतबार २२औं ग्रान्डस्लामको उपाधि चुम्नेक्रममा नाडालले फाइनलमा नर्वेका कास्पेर रुडलाई ६–३ ६–३ ६–० को सोझो सेटमा पराजित गरे।

फ्रेन्च ओपनको जितेसँगै नाडालले ग्रान्डस्लाम उपाधिमा पछ्याइरहेका रोजर फेडेरर र नोभाक जोकोभिचभन्दा २ उपाधिले पछि पारेका छन्। फेडेरर र जोकोभिचले समान २० पटक ग्रान्डस्लामको उपाधि जितेका छन्।

आइतबार १४औं पटक फ्रेन्च ओपन जितेका नाडालले १७ वर्षअघि आजकै फ्रेन्च ओपनको पहिलो उपाधि जितेका थिए। नाडालले यसअघि जनवरीमा भएको अस्ट्रेलियन ओपनको पनि उपाधि जितेका थिए।

प्रतिक्रिया दिनुहोस्