फिल्म ‘मारुनी’ को पोस्टर सार्वजनिक 



काठमाडौं : फिल्म ‘मारुनी’ को दुई वटा अफिसियल पोस्टर सार्वजनिक भएको छ। नवल नेपाल निर्देशित फिल्मको सार्वजनिक पोस्टरमा अभिनेत्री राम्राज्ञी राज्यलक्ष्मी शाह, अभिनेता पुष्प खड्का र अभिनेत्री रेविका गुरुङ रहेका छन्।

त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्ममा पुष्प, साम्राज्ञी र रेविकासँगै आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेदै, विनोद भट्टराई, सुशिल क्षेत्री लगायत कलाकारको अभिनय रहेको छ। फिल्म भदौ १३ गते प्रदर्शनमा आउँदैछ।

प्रतिक्रिया दिनुहोस्