विज्ञ सहितको टोली मंगलबार सिसडोल जाने



काठमाडौं । काठमाडौं महानगरपालिका वातावरण विभागको नेतृत्वमा विज्ञ सहितको टोली सिसडोल जाने भएको छ।

मंगलबार वातावरण विभागका प्रमुख सरिता राईको नेतृत्वमा विज्ञको टोली सिसडोल प्रस्थान गर्ने मेयर बालेन शाहका सहयोगी कुमार व्यञ्जनकारले जानकारी दिएका छन्।

उनका अनुसार सो टोलीमा नास्टका विज्ञ डा.रविन्द्र ढकाल, डा.टिस्टा प्रसाईं जोशी, अमृता पौडेल लगायत रहनेछन्।

उक्त टोली दिउँसो १२ बजे सिसडोल जाने व्यञ्जनकारले बताएका छन् । सिसडोल पुगेर त्यहाँको लिच्चड, पानी र ग्यासको स्याम्पल परीक्षण गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्