मकवानपुरमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु



मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–६ डिपाटमा आज बिहान सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

मृत्यु हुनेमा अन्दाजी ५० वर्षीय पुरुष रहेका छन्। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको सनाखत हुन बाँकी रहेको छ।

नम्बर नखुलेको सवारी साधनले आज बिहान पौने ६ बजे पैदल हिडिरहेका पुरुषलाई ठक्कर दिएको थियो।

दुर्घटना पश्चात सवारी साधनसहित फरार भएका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्