काठमाडौं महानगरको कार्यपालिका निर्वाचन सम्पन्न



काठमाडौं । काठमाडौं महानगरपालिकामा कार्यपालिका सदस्यका लागि मंगलबार मतदान भएको छ ।

कार्यपालिकाका लागि आवश्यक ८ सदस्यका लागि निर्वाचन भएको हो । नगरप्रमुख बालेन्द्र साह, उपप्रमुख सुनिता डंगोल लगायत काठमाडौं महानगरपालिकाका १ सय ६० सदस्यले मतदान गरेका छन् ।

प्रमुख र उपप्रमुखसहित १ सय ६२ मतदाता हुनुपर्नेमा वडा २४ र २५ मा दलित महिला सदस्य पदमा उम्मेदवारी नपरेकोले मतदाता संख्या १ सय ६० भएको हो ।

निर्वाचनबाट ८ जना कार्यपालिका सदस्य निर्वाचित गरिनेछ । जसमध्ये ५ जना वडाका निर्वाचित महिला सदस्य र बाँकी ३ जना दलित वा अल्पसंख्यकबाट उम्मेदवारी दिएकाहरू कार्यपालिका सदस्यमा निर्वाचित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्