नेपाल इन्जिनियरिङ कलेजमा ५ दिने खेलकुद् सप्ताह सुरु



भक्तपुर । नेपाल इन्जिनियरिङ कलेज दुवाकोट चाँंगुनारायण भक्तपुरमा आइतबारदेखि खेलकुद सप्ताह २०७९ सुरु भएको छ। सप्ताहमा कलेजमा स्नातक तह वीई तहमा अध्ययनरत झण्डै २ हजार विद्यार्थी संलग्न भएका छन्।

सप्ताहको उदघाटन चर्चित राष्ट्रिय धावक वैठक मानन्धरले गरेका छन्। उदघाटन कार्यक्रममा कलेजका प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठ, कलेजको विद्यार्थी कल्याण शाखाका प्रमुख एवं खेलकुद् सप्ताह २०७९ का संयोजक एसोसिएट प्रोफेसर सचिन श्रेष्ठलगायतले खेलकुद क्षेत्रका विभिन्न विषयमा चर्चा गरे।

खेलकुद सप्ताह अन्तर्गत फुटवल, भलिवल, कवर्डी, बास्केकवललगायतका झण्डै २ दर्जन प्रतियोगिताहरु चल्ने कलेजको विद्यार्थी कल्याण शाखाका प्रमुख एवं खेलकुद् सप्ताह २०७९ का संयोजक एसोसिएट प्रोफेसर श्रेष्ठले जनाए। उनका अनुसार प्रतियोगितामा कलेजको स्नातक तह विई तहमा अध्ययनरत झण्डै सवै विद्यार्थी सहभागी हुन्छन्।

प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरुलाई मेडल तथा प्रमाणपत्र पनि वितरण गरिने छ। कलेजले जनाए अनुसार प्रतियोगिताको फाइनल सकेपछि उनीहरुलाई दैनिक रुपमा मेडल तथा प्रमाणपत्र वितरण हुन्छ। जुनजुन प्रतियोगिता सकिंदै जान्छ, त्योत्यो प्रतियोगितामा उत्कृष्ट विद्यार्थीलाई प्रतियोगिता सकेपछि मेडल तथा प्रमाणपत्र वितरण गरिने जनाइएको छ। प्रतियोगिता असार २ गतेसम्म चल्नेछ।

प्रतिक्रिया दिनुहोस्