दक्षिण अफ्रीकासँग भारतको दोस्रो हार



काठमाडौं । दोस्रो टी-ट्वान्टी क्रिकेटमा घरेलु टोली भारतलाई दक्षिण अफ्रीकाले हराएको छ। भारतलाई दक्षिण अफ्रिकाले ४ विकेटले पराजित गरेको हाे। आइतबार जितसँगै दक्षिण अफ्रिकाले ५ खेलको श्रृंखलामा २–० को अग्रता बनाएको छ।

भारतले दिएको १४९ रनको लक्ष्य दक्षिण अफ्रिकाले १८ ओभर २ बलमा ६ विकेट गुमाएर पूरा गरेकाे हाे। दक्षिण अफ्रिकाको जितमा हेन्रिच क्लासेनले सर्वाधिक ८१ रन बनाए । भारतका भुवनेश्वर कुमारले सर्वाधिक ४ विकेट लिए।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १४८ रन बनायो।  भारतका श्रेयस इयरले ४० तथा इशान किशनले ३४ रन बनाए । दक्षिण अफ्रीकाका एन्रिच नोर्कियाले २ विकेट लिए  ।

प्रतिक्रिया दिनुहोस्