आईजीपी नियुक्तिविरुद्धको रिटमाथिको सुनुवाइ हेर्दाहेर्दैमा



काठमाडौं । नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्धको रिटमाथिको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ ।

कायममुकायम प्रधानन्यायाधीश दीपक कार्की र न्यायाधीश कुमार चुँडालको संयुक्त इजलासमा भएको सुनुवाइ नटुंगिएपछि हेर्दाहेर्दैमा रहेको हो ।

तत्कालिन तीन जना डीआईजीले एआईजी बढुवा सिफारिसविरुद्ध हालेको रिट र एआईजी विश्वराज पोखरेलले धिरजप्रताप सिंहको आईजीपी बढुवाविरुद्ध हालेको रिटको एकै ठाउँमा राखेर सुनुवाइ भइरहेको छ। सुरुमा एआईजी सिफारिसविरुद्धको रिटमा बहस भइरहेको थियो ।

एआईजी विश्वराज पोखरेलले आफूभन्दा १७ महिना जुनियर एआईजी सिंहलाई आईजीपी बनाएको भन्दै त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्