प्रदेश १ मा ३९ अर्ब ७३ करोड ८३ लाखको बजेट



विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाख रूपैयाँ बजेट ल्याएको छ । आर्थिक वर्ष २०७९–८० का लागि ३९ अर्ब ७३ करोड ८३ लाख बजेट विनियोजन गरेको हो ।

आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोका अनुसार प्रदेशको योजनाका लागि प्रदेश सरकारको आन्तरिक राजस्व आम्दानीबाट चार अर्ब ९८ करोड ४५ लाख, राजस्व बाँडफाँडबाट ११ अर्ब ८८ करोड १४ लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ८२ लाख र सशर्त अनुदानबाट ८ अर्ब ६९ करोड बजेट प्राप्त हुने अनुमान छ ।

समपूरक अनुदान ९२ करोड र विशेष अनुदान मार्फत ४७ करोड ५० लाख प्राप्त हुनेछ । बाँकी रकम मौज्जाद र वैदेशिक अनुदान मार्फत उपलब्ध हुने उनको भनाइ छ ।

प्रदेश १ सरकारले शिक्षा, स्वास्थ्य तथा कृषिलाई प्राथमिकतामा राखेर बजेट पेस गरेको छ। बजेटमध्ये स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब १५ करोड १५ लाख र संघीय अनुदान वचत फिर्ता २ अर्ब रहेको छ ।

आन्तरिक राजस्वबाट ४ अर्ब ९८ करोड ४५ लाख, राजस्व बाँडफाँडबाट ११ अर्ब ८८ करोड २४ लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ८२ लाख, सशर्त अनुदानबाट ८ अर्ब ६९ करोड ५९ लाख, समपूरक अनुदानबाट ९२ करोड र विशेष अनुदानबाट ४७ करोड ५० लाख प्राप्त हुने अनुमान गरिएको छ ।
राजस्व तथा वित्तीय हस्तान्तरणबाट ३५ अर्ब ९६ करोड ६० लाख खर्च व्यहोरिने र बाँकी नगद मौज्दातबाट ३ अर्ब ५१ करोड ५५ लाख वैदेशिक अनुदानबाट २५ करोड ६८ लाख व्यहोरिने मन्त्री आङ्बोले बजेटमा उल्लेख गरे । चालू आर्थिक वर्षका लागि ३२ अर्ब ४६ करोड ९२ लाख विनियोजन भएको थियो ।

प्रदेश सरकारले निर्वाचन क्षेत्र विशेष कार्यक्रमका लागि ९० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । विगतमा प्रत्यक्ष निर्वाचित र समानुपातिक सांसदहरुका लागि फरक फरक व्यवस्था भएपनि आगामी आर्थिक वर्षका लागि समान रकम विनियोजन गरिएको छ ।

प्रदेशसभामा रहेका ९० जना सांसदले एक करोडका दरले खर्च गर्ने गरी बजेट विनियोजन गरिएको हो । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले निर्वाचन क्षेत्र विशेष कार्यक्रममा सबै प्रदेशसभा सदस्यहरुको समान भूमिका रहने घोषणा गरेका हुन् । प्रदेश १ सरकारले स्वास्थ्य क्षेत्रमा ३ अर्ब ६७ करोड ७७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रदेश मातहतको अस्पतालहरूको स्तरउन्नती गरिने भएको छ । त्यसको लागि २५ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको मन्त्री आङबोले जानकारी दिए ।

मोरङको उर्लाबारी ३ मंगलबारेमा रहेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर स्थर उन्नती गरिने भएकोछ । त्यसको लागि २५ करोड रुपैयाँ बजटे विनियोजन गरिएको छ । चालु आर्थिक वर्षदेखि मदन भण्डारी ट्रमा सेन्टरमा सिटी स्क्यानसहितको सेवा प्रराम्भ गरिने भएको छ । झापाको मेची अस्पतालमा न्यूरो सर्जरी सेवा सुरु गरिने भएको छ । प्रदेश अस्पताको लागि रुपमा विस्तार गरिनेछ । स्तरउन्नतीको लागि १८ करोड बजेट विनियोजन गरिएको छ ।

यसैगरि, आर्थिक वर्ष कलम गाउँपालिकमा ५० शैय्याको आयुर्वेदिक अस्पताल निर्माण गरिने भएको छ । एक वडा एक बर्थिङ सेन्टरको लागि चार करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । प्रदेश सरकारले सहिद परिवारको सम्मानमा आर्थिक सहयोगको घोषणा गरेको छ । बजेट बक्तव्य मार्फत १ लाखको दरले सहयोग उपलब्ध गराउने घोषणा गरिएको हो ।

बजेट बक्तव्यमा भनिएको छ ‘जनयुद्ध, मधेश आन्दोलन, आदिवासी आन्दोलनमा शहादत्त भएका सहिदहरुको सम्मानमा उहाँहरुको परिवारका सदस्यलाई जनही १ लाखका दरले रकम उपलब्ध गराइने छ ।’

यस्तै सरकारले द्वन्द्व पीडितका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा निशुल्क उपचार गर्ने घोषणा पनि गरेको छ प्रदेश सरकारले सुनसरी, उदयपुर र धनकुटा जोड्ने गरी बराह क्षेत्रमा कोशी र कोकाह नदीमा आकर्षक झोलुङ्गे पुल निर्माण गर्ने भएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले बजेट बक्तव्य मार्फत तीन जिल्ला जोड्ने झोलुङ्गे पूललाई पर्यटन प्रवद्धन अन्तरगत कार्यक्रम मार्फत निर्माण गरिने जनाएका छन् । त्यसका लागि २ करोड रुपैयाँ बजेट विनियोजन गरेको उनले बताए ।

पर्यटन क्षेत्रको विकासका लागि डिजिटल वेव र मोवाइल एप निर्माण गर्ने पनि उल्लेख गरिएको छ । उनले भने ‘प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन गर्न डिजिटल वेव र मोवाइल एप निर्माण गरी सञ्चालनमा ल्याइने छ ।’

पर्यटन विकास लागि महत्वका साथ अघि बढाइएको मुन्धुम पदमार्ग यसै वर्ष सम्पन्न गर्ने र थप चार वटा पदमार्ग निर्माण गर्ने पनि घोषणा गरिएको छ । पर्यटकको बसाई अवधि बढाउन लामो र छोटो अवधि भ्रमण प्याकेज निर्माण गर्न सहयोग गर्ने पनि बताइएको छ ।

यस्तै विराटनगर विमानस्थलको स्तरोन्नति गर्ने र विराटनगरबाट पहाडी जिल्लाहरुमा नियमित हवाई उडान र माउन्टेन फ्लाइट सञ्चालन गर्न पहल गर्ने बजेट मार्फत घोषणा गरिएको छ । खेल पर्यटन प्रवद्र्धन गर्न आवश्यक बजेट विनियोजन गरेको बताइएको छ । प्रदेश सरकारले दूध उत्पादन गर्ने किसानलाई प्रतिलिटर २ रुपैयाँ अनुदान दिने घोषणा गरेको छ । बजेट बक्तव्य मार्फर्त क मामिला तथा योजना मन्त्री इन्द्रबहादु आङ्बोले किसानलाई सोझै प्राप्त हुने गरी उत्पादनमा आधारित प्रोत्साहन अनुदान दिने घोषणा गरेका हुन् । त्यसका लागि आवश्यक बजेट विनियोजन गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्