मनोज पाण्डेविरुद्ध कैद सजायको माग दाबी गर्दै मुद्दा दर्ता



काठमाडौं । सौन्दर्य प्रतियोगिताको आडमा बलात्कार गरेको प्रकरणमा मनोज पाण्डेविरुद्ध मुद्दा दर्ता भएको छ ।

जिल्ला अदालत काठमाडौंमा बुधबार (आज) पाण्डेविरुद्ध दुई वटा कसुरमा मुद्दा दर्ता भएको हो । पाण्डेविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको कसुरमा र बाल यौन दुर्व्यवहारको कसुरमा मुद्दा दर्ता गरिएको हो ।

मानव बेचबिखनको कसुरमा १५ वर्ष र बाल यौन दुर्व्यवहारको कसुरमा ३ वर्ष गरी १८ वर्ष कैद सजायको माग दाबी गर्दै मुद्दा दर्ता भएको छ ।

प्रतिक्रिया दिनुहोस्