मधेश प्रदेशले ल्यायो ४६ अर्ब ८८ करोडको बजेट (पूर्णपाठ)



जनकपुुरधाम । प्रदेश दुई सरकारले आर्थिक वर्ष २०७९-८० का लागि लागि बजेट प्रस्तुत गरेको छ। प्रदेश सरकारको अर्थ मन्त्री शैलेन्द्र साहले आर्थिक वर्ष २०७८–०७९का लागि कुल ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजारको बजेट प्रदेशसभामा प्रस्तुत गरेका छन्।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट चालु आर्थिक वर्षभन्दा १३ अर्बले बढी हो। आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ल्याएको कुल बजेटको ४६.४४ प्रतिशत अर्थात २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार चालु तर्फ बजेट विनिजयोजन गरेको छ। पूजिगत तर्फ ५३.२१ प्रतिशत अर्थात २५ अर्ब ८२ करोड २० लाख ८० हजार र वितिय व्यवस्थापन तर्फ ०.३५ प्रतिशत अर्थात १६ करोड २४ लाख ५६ हजार २ सय बजेट विनियोजन गरिएको छ।

प्रदेश सरकारले बजेटको व्यवस्थापन आन्तरिक श्रोतको राजश्वबाट ४ अर्ब १८ करोड ९३ लाख ७५ हजार, संचित रकम ३८ करोड, नेपाल सरकारको तर्फबाट प्राप्त अनुदान १० अर्ब ६ करोड ९१ लाख, राजश्व बाँडफाँडबाट ११ अर्ब ६१ करोड ९८ लाख, चालु आर्थिक बर्षको नगद मौज्दात ९ अर्ब ६६ करोड, विशेष अनुदान ४९ करोड, समपुरक अनुदान ७८ करोड संघिय सरकारबाट प्राप्त सशर्त अनुसदान १० अर्ब ६ करोड ९१ लाख र युनिसेफबाट प्राप्त ४ करोड ३३ लाख ४७ हजार गरी कुल ४५ अर्ब ४ करोड ९९ लाख २८ हजार बजेट व्यवस्थापनमा प्रयोग गरिनेछ । त्यस्तै कम रह्न गएको १ अर्ब ८२ करोड १० लाख १८ हजार न्यून रकम आन्तरिक ऋणबाट उपर गरिने छ।

प्रतिक्रिया दिनुहोस्