भ्याली पब्लिक र एन्जल्स हार्टलाई बीएनए कप



काठमाडौं । भ्याली पब्लिक र एन्जल्स हार्ट पाँचौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बुधबार च्याम्पियन बनेका छन् । दोहोरो उपाधि जितेको भ्याली पब्लिक सिनियरतर्फ ब्वाइज÷गल्र्स दुवैमा पहिलो भए । एन्जल्स हार्टले जुनियर ब्वाइजको उपाधि चुम्यो ।

बसुन्धारा नेसनल एकेडेमी ९बीएनए० द्वारा आयोजित प्रतियोगिताको सिनियर ब्वाइज फाइनलमा भ्याली पब्लिकले एचएचसीएलाई ४५–२१ ले पराजित ग¥यो । भ्याली पब्लिकको जितमा छिरिङ लामाले १८ अंक योगदान गरे । दिवस भुजेलको १६ अंक सहयोगमा ग्रिनल्यान्डले एन्जल्स हार्टलाई ४२–२६ ले हराउदै तेश्रो भयो ।

सिनियर गल्र्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले ग्रिनल्यान्डलाई २१–९ ले पाखा लगायो । भ्याली पब्लिककी अनिता गुरुङले ९ स्कोर गरिन् । एचएचसीएले बीएनएलाई २०–६ ले पन्छ्याउदै तेश्रो बन्यो । भ्याली पब्लिककी सराह घलेले १४ अंक जोडिन् ।

जुनियर ब्वाइज फाइनलमा एन्जल्स हार्टले इडेन ब्रिज एकेडेमी ९इबीए० लाई २३–१८ ले निराश पा¥यो । एन्जल्स हार्टका प्रतिक कँडेलले ८ अंक जोडे । ग्रिनल्यान्डले स्काइलार्कलाई १६–१३ ले पराजित गर्दै तेश्रो स्थानमा रह्यो । ग्रिनल्यान्डका आयुश घलेले ९ अंक बटुले ।

सिनियर ब्वाइजमा भ्याली पब्लिकका सुनिल पौडेल, सिनियर गल्र्समा भ्याली पब्लिककी अनिता गुरुङ र जुनियर ब्वाइजमा एन्जल्स हार्टका प्रतिक कँडेल ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा बीएनएका सन्देश खड्का, सिनियर गल्र्समा भ्याली पब्लिककी लोरिशा गौचन र जुनियर ब्वाइजमा इबीएका एलेक्स राई प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने ।

विजेतालाई टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, टोखा नगरपालिका वडा ५ का अध्यक्ष मदन गुरुङ, केन्द्रीय प्याब्सनका उपाध्यक्ष थकिनकुमार गुरुङ, टोखा नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम गौतम, बीएनएका प्रिन्सिपल टंककुमार चापागाईंलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । जेठ २४ गतेदेखि सुरु प्रतियोगिताको सिनियर ब्वाइजमा २०, जुनियर ब्वाइजमा १२ र सिनियर गल्र्समा ८ टिम सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्