राष्ट्र बैंकले तोक्यो बैंकका सञ्चालक र सिईओको उमेर हद 



काठमाडौं : नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिईओ) र सञ्चालकको उमेर हद तोकेको छ । 

बैंकले एक निर्देशिका बनाएर प्रमुख कार्यकारी अधिकृत र सञ्चालकको लागि उमेर हद तोकेको हो । उमेर हद अनुसार अब ७० नाघेको व्यक्ति सञ्चालक हुन नपाउने भएका छन् । यद्यपी सञ्चालनकका रुपमा रहेका व्यक्ति ७४ वर्ष पुगेको भए तत्कालै राजीनामा दिर्नुपर्ने भएको छ । 

राष्ट्र बैंकले तयार गरेको निर्देशिका कार्यान्वयनमा आएपछि सञ्चालकका रुपमा रहेका व्यक्ति ७४ वर्ष पुगेको भए तत्कालै राजीनामा दिनुपर्ने छ भने नयाँ नियुक्त गर्दा ७० वर्षे उमेर हदको दायरामा रहने गरी नियुक्त गर्नुपर्नेछ ।

यस्तै बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतका लागि ६५ वर्षको उमेर हद तोकिएको छ ।

निर्देशिका लागू हुनुअघि नियुक्त भएका प्रमुख कार्यकारी अधिकृत पनि ६९ वर्ष उमेर पुगेको भए पद छाड्नुपर्ने र नयाँ नियुक्त गर्दा कार्यकालभरि ६५ वर्ष उमेर रहने गरी नियुक्त गर्नुपर्ने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्